१० महिनाको वैदेशिक व्यापारः १३ खर्ब ३ अर्बको आयात हुँदा १ खर्ब २६ अर्बको निर्यात

७ जेष्ठ २०८१, सोमबार १६:४४

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागका अनुसार बैशाख मसान्तसम्ममा साढे दुई प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुको आयात भएको छ । जुन आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजार रुपैयाँ बस्तु आयात भएको थियो ।

त्यस्तै, पछिल्लो १० महिनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ३८ हजार रुपैयाँ वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वस्तु निर्यात १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कूल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । जुन गत आर्थिक वर्षको सोहि तुलनामा २.५० प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको छ । गत वर्ष सोहि अवधिमा भने १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बैदेशीक व्यापार रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*