युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय अदालतद्धारा इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि पक्राउ पुर्जी जारी

७ जेष्ठ २०८१, सोमबार १७:२८

एजेन्सीहरु । इजरायल र प्यालेस्टाइनबीचको युद्ध नयाँ मोडमा पुगेको छ । दक्षिण अफ्रिकाले दर्ता गरेको इजरायलले गाजामाथि सैन्य आक्रमण गरेर युद्ध अपराध गरेको सम्बन्धी मुद्दामा संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय अदालतले इजरायलका राष्ट्रपति बेन्जामिन नेतान्याहूलाई पक्राउ पुर्जी जारी गरेको छ । त्यस्तै, हमासका नेता यह्या सिनवारलाई पनि अक्टोवर ७ मा इजरायलका निर्दोष नागरिकहरु मारे युद्धअपराध गरेकोमा गर्दै पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

अन्तर्राष्ट्रिय अदालतको उक्त निर्णयसँगै मध्यपूर्वको युद्ध नयाँ मोडमा पुगेको छ । इजरायलका वार क्याविनेटका एक जना सदस्यले जुन ८ भित्र गाजामा युद्ध अन्त्य गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अल्टिमेटम दिएको २४ घण्टाभित्रै अन्तर्राष्ट्रिय अदालतले गाजा युद्ध र अक्टोवर ७ को दुवै घटनामा युद्ध अपराध भएको ठहर गर्दै छानविन अघि बढाएको हो ।

अन्तर्राष्ट्रिय अदालतले इजरायलका रक्षामन्त्री योभ गल्लान्ट र दुई हमासका उच्च नेताका विरुद्धमा पनि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । त्यसैगरी, अक्टोवर ७ को घटनाको जिम्मेवारी लिने अल क्वासम बिग्रेडका नेता मोहम्मद डिफ र हमासका पोलिटिकल लिडर हनियाका विरुद्धमा पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय अदालतले इजरायली प्रधानमन्त्रीका विरुद्धमा पक्राउ पुर्जी जारी गरेसँगै अब मध्यपुर्वमा अमेरिकी सैन्य सहयोगमाथि पनि प्रश्न चिन्ह उठ्ने भएकोछ । सम्भतः अमेरिकाले छिट्टै इजरायलमाथि सैन्य सहयोग बन्द गर्नेछ । यसबाट इजरायललाई गम्भिर र इतिहासकै सबैभन्दा ठूलो क्षति पुग्ने निश्चित भएको छ भने प्यालेस्टाईनले राज्यको रुपमा मान्यता पाउने सम्भावना समेत बढेर गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*