सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो आए हुन्छ: बालेन शाह

७ जेष्ठ २०८१, सोमबार १८:२५

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै काठमाडौँमा फोहोर बोक्ने चालकलाई समातेको भन्दै आक्रोस ब्यक्त गरेको हुन् ।

उनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।

‘को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन’ उनले लेखेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*