ह्वातै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

८ जेष्ठ २०८१, मंगलवार १०:३६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य १ लाख ४० हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेर एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*