कान्तिपुरका मालिक कैलास सिरोहियालाई धनुषा प्रहरीद्धारा पक्राउ पुर्जी जारी

८ जेष्ठ २०८१, मंगलवार १२:५९

काठमाडौं । कान्तिपुर दैनिकका मालिक कैलास सिरोहियाका विरुद्धमा धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सिरोहियाका विरुद्धमा धनुषामा परेको नागरिकता जालसाँझी तथा कीर्ते सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा जिल्ला अदालत धनुषाले सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषा प्रहरीको पक्राउ पुर्जी जारी भएसँगै सिरोहियालाई देशैभरिका प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्नेछन् । यसअघि सिरोहियाले अदालतमा मुद्दा नै दर्ता गरेर पक्राउ नगर्न नगराउन माग गरेका थिए । उक्त रिटमाथि अदालतले अन्तरिम आदेश नदिएसँगै सिरोहियाको नागरिकता छानविनको क्रममा प्रहरीलाई पक्राउ गर्ने बाटो खुलेको हो ।

त्यस्तै, कान्तिपुरका मालिक सिरोहिया सर्वोच्च अदालतमा समेत अडियो काण्डमा छानविनमा तानिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*