अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम, रोल्पाको पैतृक सम्पत्ति बाहेक अरु देखिएन सम्पत्ति

८ जेष्ठ २०८१, मंगलवार १६:२८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ ।

उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्ता समेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।

 

वर्षमान-पुन

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*