शिक्षामन्त्रीको सम्पत्तिः घर छैन, डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स

८ जेष्ठ २०८१, मंगलवार १६:३७

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् ।

यता, आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् ।

यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् ।

उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*