नारायणकाजी श्रेष्ठको ३८ रोपनी पैतृक जग्गा, प्रचण्डले दिएको महिन्द्रा गाडी उपहारको मूल्य थाहा छैन

८ जेष्ठ २०८१, मंगलवार १६:४७

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा १०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पत्ति विवरणमा राखेका छन् ।

त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।

 

नारायणकाजी-श्रेष्ठ (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*