कान्तिपुरका मालिक सिरोहिया पक्राउ

८ जेष्ठ २०८१, मंगलवार १८:३३

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा प्रहरीले आज साँझ करिब ६ बजे कान्तिपुर दैनिकको कार्यालय परिषद्बाट पक्राउ गरिएको हो ।

सिरोहिया विरुद्ध धनुषा प्रहरीले कीर्ते गरी नागरिकता लिएको भन्दै मुद्दा चलाएको थियो । आजै मात्र धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्ने पुर्जी जारी गरेको थियो ।

यसअघि सिरोहियालाई शाही सरकारले २०५८ साल जेठ महिनामा पनि पक्राउ गरेर हनुमान ढोकामा राखेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*