मध्यआकाशमा भयानक दुर्घटनाबाट जोगियो सिंगापुर एयरलाइन्सको जहाज, २२८ जना जीवितै, एक जनाको निधन

८ जेष्ठ २०८१, मंगलवार १९:१६

काठमाडौं । लण्डनबाट सिंगापुरतर्फ आइरहेको बोईङ ७७७ जहाज पूर्वी एसियाको मध्य आकाशमा भयानक दुर्घटनाबाट जोगिएको छ ।

लण्डनबाट सिंगापुर रुटमा रहेको सिंगापुर एयरलाइन्सको एसक्वी ३२१ उडान नम्वरको बोईङ ७७७ जहाज म्यानमार र थाईल्याण्डको आकाशमाथि भयानक आँधीमा फस्न पुगेको थियो । यद्यपि चालकदलका सदस्यहरुले सकुशल जहाजलाई थाईल्याण्डस्थित बैंकक विमानस्थलमा आपतकालिन अवतरण गराउन सफल भएका छन् । घटनामा एक जनाको निधन भएको छ भने ३० भन्दा बढि घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था जटिल अवस्थामा उपचार भइरहेको छ ।

मध्य आकाशमा साढे १० घण्टा यात्रा गरिसकेको जहाज एक्कासी आँधीमा फस्न पुग्दा आकाशमै हजारौं फिट तलमाथि हुँदै बल्ड्याङ खान पुगेको थियो । जसबाट जहाजभित्रका यात्रुहरु जहाजभित्रै ठोक्किएर घाइते हुन पुगेका थिए । आकाशमा झट्कारिँदै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको जहाजले अतवरण गर्ने बेलासम्ममा आगोको मुस्लो समेत फ्याकेको थाईल्याण्डस्थित सञ्चार माध्यमहरुले जनाएका छन् ।

१८ जना चालक दलका सदस्य रहेको सो जहाजमा २११ जना यात्रु थिए । घट्नामा एक जनाको जहाजभित्रै घाइते भएर निधन भएको छ भने बाँकी २१० जना यात्रु र १८ नै जना चालक दलका सदस्यहरुलाई जीवित राख्न चालक दल सफल भएका छन् ।

सो क्रममा जहाजभित्रै गम्भिर समस्या आएको थियो । ३७ हजार फिटमाथि उडेको जहाज म्यानमारको समुन्द्रमाथि आकाशमा आईपुग्दा भयानक आँधीको सामना गर्नु परेको थियो । सो स्थानमा एक्कासी ३७ हजार फिटबाट ३१ हजार फिटमा झरेको थियो ।

बीबीसीका अनुसार घट्नामा ७३ बर्षिय बेलायती नागरिकको निधन भएको छ । बाँकी केही यात्रु घाइते भएपनि सबै सकुशल रहेका छन् । जहाजभित्र समेत तोडफोड भएको छ । एसी र ब्यागेज राख्ने ट्रेहरु फुटेको दृष्य प्राप्त भएका छन् ।
पछिल्लो समय नेपालसहितका पूर्वी एसियामा मौषमको अवस्था खराव बन्दै गएको छ । जसका कारण हवाई यात्रा चुनौतिपूर्ण बन्न पुगेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आकाशमा भयानक अवस्थाको सामना गरेको जहाज चालक दलको कुशलताको कारण सकुशल अवतरण गराउन सफल भएको देखिएको छ । थाईल्याण्डस्थित एयर ट्राफिक कन्ट्रोलरको सहयोगमा चालक दलकै कारण सकुशल अवतरण गराएका कारण २२८ जनाको ज्यान जोगिएको छ भने बीमा कम्पनीको अर्बौ रुपैयाँको क्षति टरेको छ । हवाई बीमा संसारको सबैभन्दा महंगो र जोखिमयुक्त बीमा अन्तर्गत पर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*