लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि हिल्स, एक वर्षमा ९१ करोडको व्यापार

९ जेष्ठ २०८१, बुधबार ११:२५

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको नाफामा उच्च सुधार देखिएको छ । हिल्सले केबल कार सञ्चालन गरेको नाफामा नयाँ फड्को हानेको हो ।

कम्पनीले सन् २०२३ मा ९१ करोड ३० लाख रुपैयाँको नाफा कमाएको हो । जुन सन् २०२२ को तुलनामा ३६।४७ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा ६६ करोड ९० लाख रुपैयाँ मात्र नाफा कमाएको इक्रा नेपालले जनाएको छ ।

यता, चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ४५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि सन् २०२० मा ४१ करोड ३० लाख र सन् २०२१ मा २२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । कोरोनाको समयमा कम्पनीको व्यापार केही सामान्य घटे पनि पछिल्लो समय कम्पनीको आम्दानी उच्च बन्दै गएको छ ।

कम्पनीलाई दिएको रेटिङ

चन्द्रागिरि हिल्स नेपालको चन्द्रागिरि नगरपालिकामा अवस्थित एउटा गन्डोला लिफ्ट यातायात प्रणाली हो । सन् २०१६ मा खोलिएको चन्द्रागिरि केबलकार थानकोटदेखि चन्द्रागिरि पहाडसम्म चल्छ । यहाँ २।४ किमी ९९,०९५ फिट० लाइनमा दुई स्टेसनहरू छन् । केबल कार प्रणालीमा ३८ गन्डोलाहरू छन् जुन प्रति घण्टा १,००० मानिसहरू बोक्न सक्छ । चन्द्रागिरि पहाडको टुप्पोमा भालेश्वर महादेव मन्दिर रहेको छ ।

चन्द्रागिरि पहाडको शीर्ष स्टेसनमा पुग्न २।४ किलोमिटर केबलकारको सवारी ९ मिनेट लाग्छ । एउटा केबिनमा ८ जना यात्रु अट्छन् । ३ फिटभन्दा माथिको बच्चाहरूलाई टिकट अनिवार्य चाहिन्छ । नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

चन्द्रागिरिमा पछिल्लो समय नेपालको मात्र नभएर भारतीय पर्यटकहरूमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनी रहेको छ । काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटकहरू चन्द्रागिरिमा भालेश्वरको दर्शनका लागि पनि जाने गरेको कम्पनीको दाबी रहेको छ । हरेक दिन २ हजार देखि २२ सयको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

हाल कम्पनीको सञ्चालक समितिमा ६ जना रहेका छन् । अध्यक्षमा हेमराज ढकाल सञ्चालकमा दिलीप शेखर श्रेष्ठ, प्रेमराज जोशी, उत्तम नेपाल, झलकराज शर्मा र कल्याण गुरुङ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*