यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति ?

९ जेष्ठ २०८१, बुधबार १६:३७

काठमाडौं । पछिल्लो समय नेपालको ब्यापार घाटा निरन्तर बढी रहेको छ । भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको हो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालले १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको गरेको छ । यसअवधिमा नेपाल एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरीएको छ । निरन्तर व्यापार घाटा वृद्धि हुँदै जाँदा नेपालको अर्थतन्त्र परिनिर्भर बन्दै गएको छ ।

ब्यापार घाटा कम गर्ने सरकारी तहका ब्यक्ति निरन्तर पहल गरी रहेको भएपनि कम हुन सकेको छैन । नेपालले अहिले १६८ देशसँग वस्तु आयात तथा निर्यात गर्दै आएका छ । अधिकांश राष्ट्रसँग नेपालको ब्यापार घाटा देखिएको छ । सबै भन्दा बढी व्यापार घाटा भारत, चीन, इन्डोनेसिया, मलेसिया युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया र बंगलादेशसँग रहेको छ ।

चालु आर्थिक वर्षको बैशाख समान्तसम्ममा भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बढी रहेको छ । यसअवधिमा ८ खर्ब १५ अर्ब ७२ करोड ९५ लाख ५५ हजारको वस्तु नेपाल आएको छ ।

पछिल्लो १० महिनामा चीनसँग २ खर्ब ३८ अर्ब ५५ करोड ७७ लाख ९० हजार रुपैयाँ व्यापार घाटा रहेको छ । वैशाखसम्ममा चीनबाट नेपालमा २ खर्ब ४० अर्ब ८३ करोड २३ लाख ३७ हजार बराबरको बस्तु आयात भएको छ भने नेपालबाट चीनमा २ अर्ब २७ करोड ४५ लाख ४७ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

त्यस्तै, इन्डोनेसियासँग व्यापार घाटा ९ अर्ब ३२ करोड ९२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । नेपालबाट इन्डोनेसियामा २० करोड ९३ लाखको बस्तु निर्यात भएको छ भने इन्डोनेसियाबाट ९ अर्ब ५३ लाख ८५ करोड ९० लाख रुपैयाँको सामान आयात भएको छ । युएईसँग नेपालको व्यापार घाटा २४ खर्ब ३० अर्ब ७८ १० लाख रुपैयाँ रहेको छ । युएईमा २ अर्ब २० करोड ५४ लाख २९ हजार निर्यात र २ खर्ब ६५ अर्ब ५१ करोड ३२ लाख ३९ हजारको बस्तु आयात भएको छ ।

यता, अस्ट्रेलियासँग व्यापार घाटा १० अर्ब ५० करोड ४२ लाखरुपैयाँ पुगेको छ । अष्ट्रेलियाबाट ११ अर्ब ९७ करोड १ लाख ७७ हजारको वस्तु आयात हुँदा नेपालबाट १ अर्ब ४६ करोड ५९ लाख ७३ हजार रुपैयाँ निर्यात भएको हो ।

मलेसियासँग नेपालको चालु आर्थिक वर्षको १० महिनामा १५ अर्ब ११ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । मलेसियाबाट १५ अर्ब ३० करोड ६२ लाख ८ हजार रुपैयाँको आयात हुँदा नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । बंगलादेशसँग नेपालको व्यापार घाटा ३ अर्ब १६ करोड ८१ लाख १ हजार रुपैयाँ रहेको छ । बंगलादेशबाट नेपालमा ३ अर्ब ४८ करोड ८६ लाख ९४ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ३२ करोड ५९ लाख ३ हजार रुपैयाँ सामान निर्यात भएको भन्सार विभागको तथ्याङमा उल्लेख गरीएको छ ।

अर्जेन्टिनासँग यसअवधिमा ब्यापार घाटा ९ अर्ब ५३ करोड ३४ लाख ९६ हजार पुगेको छ । अर्जेन्टिनाबाट नेपालमा १६ लाख ४३ हजारको सामान निर्यात गरेको छ भने ९ अर्ब ५३ करोड ५१ लाख ३९ हजार रुपैयाँको वस्तु भित्रिएको हो । यसैगरी युक्रेनसँग पनि नेपालको व्यपार घाटा यो महिनासम्ममा १५ अर्ब ८४ करोड ७ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १५ अर्ब ८४ करोड ४२ लाख ६ हजार रुपैयाँको वस्तु आयात गरेको र नेपालले भने मात्र ४ लाख १ ९हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*