अमेरिकाद्वारा क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार, के हुन्छ अब ?

९ जेष्ठ २०८१, बुधबार १७:०३

काठमाडौँ । अमेरिकाद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

भिसा दिन अस्वीकार भएपछि अब उनी खेल्न जाने/नजाने कुरामा अन्योल आएको छ । तर, क्यानले भने यसबारेमा थप पहल गर्ने बताएको छ ।

यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले उनको यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*