विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर, ६२ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

९ जेष्ठ २०८१, बुधबार १७:३६

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध चौथो पटक भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

पौडेल भ्रष्टाचार मुद्दामा यसअघि नै पक्राउ परेर हिरासतमा छन् । विकलले ६२ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा लुकाएको समेत खुल्न आएको छ ।

विकलविरुद्ध यसअघि नै तीन वटा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*