आज बुद्ध जयन्ती र उभौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

१० जेष्ठ २०८१, बिहीबार ०६:५५

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६८ औं बुद्ध जयन्ती । शान्तिका अग्रदूत का रुपमा विश्वमा परिचित भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएकाले आजको दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । आजको दिन लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रमको आयोजना यो पर्व मनाइँने गरिन्छ ।

त्यस्तै, किराँत समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । आजको दिन किरात समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबै जनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै नाचिन्छ ।

यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यससँगै आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*