घुस काण्डमा मुछिएपछि कर्मचारीद्वारा आत्महत्या

११ जेष्ठ २०८१, शुक्रबार १७:१४

काठमाडौं । सेक्युरिटी प्रिटिङ प्रेस खरिदमा दोषी ठहरिएका एक जना कर्मचारीले आत्महत्या गरेका छन् । सुरक्षण मुद्रण केन्द्रका सिनियर डिभिजनल इन्जिनियर नविन कुमार पोखरेलले भ्रष्टाचारमा मुछिएपछि बिहीबार आत्महत्या गरेका हुन् ।

उनलाई विशेष अदालतले ३ दिनअघि दोषी ठहर गरेको थियो । उनलाई बिहीबार भक्तपुरको लाकन्थलीस्थित घरमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथमा सुसाईट नोट समेत फेला पारेको जानकारी दिएको छ ।

विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*