काठमाडौंका यी स्थानमा आजदेखि पाँच दिन विद्युत् अवरुद्ध हुने
१३ जेष्ठ २०८१, आईतवार १०:१७
![](https://www.beemapost.com/wp-content/uploads/2023/07/Kathmandu-Valley-Tour1.jpg)
काठमाडौं । काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ।
कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको बताइएको छ।