आइतबार सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

१३ जेष्ठ २०८१, आईतवार १०:३५

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*