वर्षापछि त्रिभुवन विमानस्थल अस्तव्यस्त, दर्जनौ जहाज आकासमै होल्ड

१३ जेष्ठ २०८१, आईतवार १२:०२

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै अस्तव्यस्त बनेको त्रिभुवन विमानस्थल खुल्ला भएको छ । करिव दुई घण्टा अगाडीदेखि अस्तव्यस्त बनेको उक्त विमानस्थल खुल्ला भएको हो ।

काठमाडौंमा अवतरण गर्न आएका जहाजहरुले विमानस्थल व्यस्त भएसँगै आकासमै होल्ड गरेका थिए । उक्त जहाजहरु विस्तारै अवतरण गर्ने प्रक्रिया जारी रहेको छ ।

विमानस्थल प्रशासनका अनुसार वर्षाभएपछि विमानस्थल केही समयको लागि बन्द गरेको र अवस्था सामान्य भएसँगै खुलाएको जानकारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*