अर्थतन्त्र लयमा आउँदैछ, चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री पुन

१३ जेष्ठ २०८१, आईतवार १२:२७

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र लयमा आइरहेको बताएका छन् । प्रतिनिधि सभामा आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थतन्त्र पुनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मुलकको अर्थतन्त्र विस्तारै लयमा आइरहेको छ । चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरीएको छ । राजस्व समेत वृद्धि भइहहेको छ । संघीय खर्च समेत वृद्धि भएको छ ।’

सरकारले चालु आर्थिक वर्षमा मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको जनाएको छ । पुनले कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशतले बढेको जनाए ।

यस्तै प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको जनाएका छन् । मुलुकको मुद्रास्फीति ६।०८ प्रतिशत कायम भएको उनले जनाए ।

उर्जा क्षेत्रमा देश आत्मनिर्भर भइरहेको अर्थमन्त्री पुनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*