नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

१३ जेष्ठ २०८१, आईतवार १३:२०

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको उपस्थितीमा नीति तथा छलफल कार्यक्रममा सांसद चित्र बहादुर के.सी, नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेल, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, स्वर्णीम वाग्ले र प्रेम सुवालले भाग लिएका थिए ।

आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*