संसदमा सरकार विरुद्ध नै उभिए जनार्दन शर्मा, अर्थमन्त्रीलाई असहयोग

१३ जेष्ठ २०८१, आईतवार १३:०९

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आज संसदमा सम्बोधन गर्दै सरकारकै विरद्धमा अभिब्यक्ति दिएका छन् । संसदमा नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका बीचमा अघि बढेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै माओवादी नेता तथा पूर्व अर्थमन्त्री शर्माले पटक पटक राष्ट्रिय सहमतिको बिषय उठाउँदै त्यसो नभए देश अप्ठेरोमा पर्ने खालको अभिव्यक्ति दिए । सांसद शर्माको अभिव्यक्तिलाई रोष्टम घेराउ आइरहेका सांसदहरुले पनि ताली बजाए ।

सांसद शर्माले सरकारले ल्याएको नीति तथा कार्यक्रमको खुलेर साथ दिन आनाकानी गरेका छन् । उनले बेला–बेला देशको समस्या समाधान गर्नेका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवाज उठाए ।

नीति तथा कार्यक्रममा छलफल गर्ने सभामुखले शर्मालाई ७ मिनेटको समय दिएका थिए । सो समयको पुरै उपयोग गर्दै सरकारको पक्षमा समर्थन गर्नुपर्ने थियो । उनले पुरै प्रतिरक्षा गरेनन् । शर्माले मात्र ३ः५ मिनेट मात्र बोले । सो समयमा उनले सरकारको नीति तथा कार्यक्रमको साथ दिनु भन्दा विपक्ष पार्टीसँग सहमति गर्नुपर्ने कुरामा जोड दिए ।

उनले जनताका समस्या समाधानका लागि सहमत भएर अघि बढ्न नसके देशमा संकट उत्पन्न हुने उनको भनाई राखे । उनले भने, ‘देशमा समस्या समाधानका लागि सबै सकारात्मक तरिकाले अघि बढौ । राष्ट्रिय सहमति र एकताबाट देशका जनताको आवश्यकता पुरा गर्नेपर्छ । सहमति भएन भने देश आर्थिक संकटतिर जान्छ ।’

आनाकानीकै बीच उनले नीति तथा कार्यक्रम रोजगारी सिर्जना सेवा र भष्ट्राचार अन्त्य गर्ने खालेको रहेको बताए । ‘विकास निर्माणमा देखिएका समस्या समाधानका लागि नीति तथा कार्यक्रम राम्रो आएको छ । शान्ति प्रक्रियालाई समेत अघि बढाउने काम भएको छ ।’ यति मात्रै भनेर पूर्वमन्त्री शर्माले औपचारिक पुरा गरी मन्तव्य टुंग्याए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*