मनाङमा अवस्थित फार्म हाउस होटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

१३ जेष्ठ २०८१, आईतवार १३:४८

काठमाडौँ । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा बिशेष छुट प्राप्त गर्न सक्नेछन ।

एग्रो मनाङ प्रा.ली.द्घारा संचालीत फार्म हाउस होटल बिगत पाँच बर्षदेखी संचालनमा आएको मनाङ जिल्लाकै सुबिधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*