सरकारले पेट्रोलियम पदार्थमा लगायो हरित कर

१५ जेष्ठ २०८१, मंगलवार २०:४२

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थ र कोइलाजन्य पदार्थमा कर थपेका छन् । मंगलबार आर्थिक विधेयक २०८१ मार्फत सरकारले हरित कर थपेको हो ।

यससँगै कोइला र कोइलाजन्य पदार्थमा प्रतिकेजी ५० पैसाका दरले हरित कर लाग्ने भएको छ ।

पेट्रोल, डिजेल लगायतका पदार्थ र बिटुमिनजन्य पदार्थमा पनि प्रतिलिटर एक रुपैयाँदेखि ०.५ प्रतिशत र एक प्रतिशतसम्म हरित कर तोकिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*