बढ्यो सुनचाँदीको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
१४ आश्विन २०८३, बुधबार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५१ हजार ४६० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।











