बजेटले देशको अर्थनीति स्थीरताको धज्जी उडायो, पोलिसी क्रप्ट भयो: अन्जन श्रेष्ठ

१६ जेष्ठ २०८१, बुधबार १२:४६

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हिजो अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटले देशको आर्थिक नीतिको धज्जी उडाएको आरोप लगाएका छन् ।

नेपाल फलामे छड उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निजि क्षेत्रको छाता संगठनका उपाध्यक्ष श्रेष्ठले सरकारले प्रत्येक वर्ष बजेट जारी गर्दा नीतिहरु फेरबदल गरेर आर्थिक नीतिको धज्जी उडाएको आरोप लगाए । महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले देशमा औद्योगिकीकरण भएको हेर्न नचाहेको आरोप समेत लगाए । बजेटमा नीतिगत परिवर्तन गर्दा समय दिनुपर्नेमा त्यसो गर्न समेत अर्थमन्त्री चुकेको आरोप लगाएका छन् ।

सरकारले फलामको उद्योग बन्द गरेर बिलेट ल्याउर टिएमटी बनाउन सोच बनाएको हो ? हामीलाई जवाफ चाहिन्छ ।

नेपाल फलामे छड उत्पादक संघका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले सरकारले अर्ध तयारी बिलेट र फलामको कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्नेहरुका बीचमा करको दर कम्तीमा १० प्रतिशत हुनुपर्ने बताए । अध्यक्ष न्यौपानेले बिलेट र स्पन्ज आइरनका बीचमा यसअघि ७ प्रतिशतसम्म भन्सार कर अन्तर रहेकोमा यस वर्ष जम्मा २.५ प्रतिशत मात्रै रहेको बताए ।

पत्रकार सम्मेलनमा अम्बे स्टीलका हरि न्यौपानेले अहिलेको समस्या व्यापारिक समुहको लडाई नभई भारतीय ठूला उद्योगसँगको लडाई भएको बताए । बिलेटको भन्सार कम हुने वित्तिकै मार्केटलाई खत्तम पार्छ भन्ने हाम्रो भनाई हो । भन्सार राजश्वको हिसाबमा पनि रोलिङ मिलको तुलनामा दोब्बर रहेको बताउँदै सरकारले फलाम औद्योगिकरणको मर्म नबुझेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*