अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

१६ जेष्ठ २०८१, बुधबार १३:३५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशमा जारी आर्थिक संकटबाट मुक्त गर्न विशेष आयोग नै गठन गरेर अर्थतन्त्र पुनर्संरचना गर्ने बताएका छन् । संसदमा प्रस्तुत गरिएको बजेटमाथि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले नयाँ चरणको सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष निकालेर बजेट ल्याइएको स्पष्ट पारेका छन् । अर्थमन्त्री पुनले बजेटले धेरै कुरा सम्बोधन नगरेपनि नयाँ चरणको सुधार आयोग नै गठन गरेर गरिने बताएका छन् ।

मन्त्री पुनले कस्तो आयोग बनाउने भन्ने स्पष्ट नपारे पनि सबै पक्षसँग गम्भिर छलफल गरेर नयाँ चरणको सुधार अघि बढाउने बताए ।

अर्थमन्त्री पुनले अर्थतन्त्र सुधारको पाँच रणनीति अघि सारिएको बताउँदै बजेटले रणनीतिक रुपमा धेरै सुधार गर्न सक्ने बताए । मन्त्री पुनले कृषि र आईटी क्षेत्रमा नेपालले धेरै नै प्रगति गर्न सक्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*