स्पन्ज आइरनमा गम्भिर छलफल गरेरै कर हेरफेर गरिएको होः अर्थमन्त्री पुन

१६ जेष्ठ २०८१, बुधबार १४:०१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट घोषणा भएपछि विवादमा आएको स्पन्ज आइरनको करको दर परिवर्तन अर्थमन्त्रालयमा गम्भिर छलफल पश्चात कसैको अनुहार नहेरी संशोधन गरिएको प्रष्टिकरण दिएका छन् ।

फलामे छड उत्पादक संघले चर्को विरोधका बीचमा अर्थमन्त्री पुनले भने, ‘विगतमा बिचलन आएको र अर्को बिचलन नहोस् भनेर, अर्थमन्त्री, अर्थ सचिव र राजश्व सचिव बसेर कसैको अनुहार नहेरी करको दर हेरफेर गरिएको हो । छलफल गर्दा निष्कर्ष नै निकालेको हो ।’

मन्त्री पुनले स्क्र्याप १ प्रतिशत, स्पन्ज आइरन २.५ प्रतिशत र बिलेट ५ प्रतिशत लगाइएको बताए । मन्त्री पुनले कच्चा पदार्थ र तयारी बस्तुहरुको भन्सारमा एक तहको सीमा राखिएको बताए । मन्त्री पुनले आइरनको करको दर संशोधन पश्चात सबै उद्योगहरु सुचारु भएर चल्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*