ट्राफिक प्रहरीले कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाए

१६ जेष्ठ २०८१, बुधबार १४:३७

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाइएको छ । मंगलबार मात्र गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने बताएका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसेलगायत विभिन्न ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई स्वयंसेवकका रूपमा खटाइएको जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले मापसे, ट्राफिक लेन मिचेका, रातो बत्तीमा सवारी चलाउने र गति निर्धारण गरिएका क्षेत्रमा तीव्र गतिमा सवारी चलाउनेलाई स्वयंसेवकका रूपमा खटाइएको जानकारी दिए ।

ट्राफिक कारबाहीमा परेकाहरूलाई सिफ्टअनुसार स्वयंसेवकका रूपमा खटाउने उक्त टोलीमा एक जना ट्राफिक प्रहरी पनि खटिनेछन् । कारबाहीमा परेका स्वयमसेवकले प्रहरी चिट काटेर फेरी यसरी खटाउनु गलत भएको भन्दैृ, कित चिटमात्र काट्न र कित यसरी सजायमात्र दिन आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*