निजी क्षेत्रको मनोबल उच्च नबनाएसम्म आर्थिक समृद्धि हुँदैन भन्ने कुरा स्थापित भयोः अध्यक्ष ढकाल

१६ जेष्ठ २०८१, बुधबार १४:४२

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मनोबल उच्च नबनाएसम्म आर्थिक समृद्धि हुँदैन भन्ने कुरा स्थापित भएको बताएका छन् । बुधबार काठमाडौँ आयोजना स्टार्टअप नीति २०८० को सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०८१।०८२ को बजेट मार्फत निजि क्षेत्रका अधिकांश सुझाव सम्बोधन भएको भन्दै अध्यक्ष ढकालले खुसि ब्यक्त गरे । उनले भने, ‘निजि क्षेत्रको विकास बिना आर्थिक सुधार हुदैन भन्ने कुरा स्थापित भएको छ । हाम्रो लागि यहिँ ठुलो कुरा हो ।
निजि क्षेत्रले दिएका सुझावले बजेट मार्फत समेटिएको छ।’

उनले निजी क्षेत्रका लागि लगानि योग्य वातावरण बनाउन सरकाले कानुन परिमार्जन गर्ने कुरा एकदम राम्रो रहेको बताए । ‘कानुन नै परिवर्तन गरेर लगानि योग्य वातावरण बनाउने काम निकै राम्रा काम हो । हामिले सुझाब दिए अनुसार सरकार नयाँ चरणको सुधार तिर लागि रहेको छ’ ढकालले भने ।

स्टार्टअप नीतिलाई सरकारले बजेटमार्फत समेत समेटेको भन्दै उनले अब कार्यन्वयनमा तिब्रता दिनु पर्ने ढकालले बताए । ‘स्टार्टअप नीति ल्याउन सबैको ठुलो सहयोगी भयो । स्टार्टअप पोलिसी आइसकेको छ । यसलाई सरकारले प्राथमिकतामा दिएको छ ।‌ बजेटले समेत यस बारे बोलेको छ।’ ढकालले भने, ‘अब स्टार्टअपको सहि सदुपयोग गर्ने तिर पनि अघि बढ्नु पर्छ।’

अध्यक्ष ढकालले आफु पनि स्टार्टअपबाट आएर महासंघको नेतृत्वमा आउन सफल भएको बताए । ‘म सानो व्यवसायदेखि म पनि लागेको हु । त्यही ब्यबसायी गर्ने मान्छे म महासंघको नेतृत्वमा आएको छु । यो एक लाभ लिने सुनौलो अवसर हो ।’ अध्यक्ष ढकालले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*