क्रिकेटर लामिछानेलाई अमेरिकाले भिषा दिनु पर्ने माग गर्दै हजारौं युवा सडकमा

१६ जेष्ठ २०८१, बुधबार १५:५३

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिषा दिनु पर्ने माग गर्दै हजारौं युवा सडकमा आएका छन् । सांसद ज्ञानेन्द्र शाहिसहितको टिम भिषाको माग गर्दै आन्दोलनमा आएको हुन् ।

आन्दोलित युवाले प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्ड र गृहमन्त्री रबि लामिछाने विरुद्ध नाराबाजी गरी रहेका छन् । सन्दिपलाई भिषा दिलाउन सरकारले समन्वयकारी भुमिका समेत खेल्न नसकेको युवाहरुको आरोप छ । अमेरिकाको राजदुतावास घेराउ गर्ने हिनेका युवाहरुलाई प्रहरीलेबीच बाटोमा रोकेर राखेको छ ।

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ ।

उच्च अदालत पाटनबाट बलात्कार गरेको आरोपमा लामिछानेले सफाइ पाएपछि क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउन लागेको हो । तर अमेरिकाले भने लामिछानेलाई भिसा दिएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*