लघु जीवन बीमा कम्पनीको व्यवसाय १० करोड रुपैयाँ बढी, एक्लै क्रेष्टको ६ करोड

१६ जेष्ठ २०८१, बुधबार १६:५९

काठमाडौं । हाल सञ्चालन रहेका तीन लघुजीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्म १० करोड रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु जीवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा १० करोड १९ लाख ५४ हजार बराबरको कुल ब्यवसाय गरेका छन् ।

यस अवधिमा क्रेष्ट माइक्रो लाइफले उत्साह जनक व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा ६ करोड ३३ लाख ६६ हजार रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफले २ करोड ४७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड ३७ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*