बजेट बनाउँदा बनाउँदै अर्थसचिव मेट्रेस ओछ्याएर मन्त्रालयमै सुते

१६ जेष्ठ २०८१, बुधबार १८:५४

काठमाडौँ । आर्थिक वर्ष २०८१।८२ को बजेट बनाउँदा बनाउँदै अर्थ सचिव मधुकुमार मरासिनी मेट्रेस ओछ्याएर मन्त्रालयमै सुतेको अनुभव अर्थमन्त्री वर्षमान पुनले पत्रकारहरुसँग सुनाएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँग बजेट निर्माणको अनुभव सुनाउँदै अर्थमन्त्री पुनले यस्ता बताएका हुन् ।

बजेट बनाउन जुटेका धेरै कर्मचारीहरू मन्त्रालयमै बस्नुपर्ने अवस्था बनेको अर्थमन्त्री पुनले बताए । ‘अर्थ सचिव मेट्रेस लिएर आउनुभएको रहेछ । उहाँ यहीँ (मन्त्रालय) सुत्नुभयो । राजश्वसचिव चाहीँ चार बजेपछि घर जानुभयो । धेरै कर्मचारीहरुको रात मन्त्रालयमै वित्यो ।’

अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माण गर्दा हतार र दबाब दुवै झेल्नुपरेको तर्क राखे । पुनले आफूले दोश्रो पटक बजेट पेश गर्न पाएपछि ’रिल्याक्स मुड’मा रहेको बताउँदै बजेट निर्माण गर्दाका अनुभूति सुनाएका हुन । उनले भने, ‘संसदमा बजेट पेस हुन्छ कि हुन्न भन्ने चिन्ता रहेको थियो । बजेट पेस गर्नुअघि राजनीतिक दबाब थियो, तर बजेट सफलताका साथ प्रस्तुत गस्न सकियो, अहिले रिल्याक्स मुडमा छु । साथै,सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’

पुनले बजेट निर्माणका लागि बिहान साढे तीन बजेसम्म अर्थमन्त्रालयमै बसेर काम गरेको उल्लेख गरेका थिए । ‘खासगरी म अस्ति राति बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेका थिए । बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो ।’

 

One thought on “बजेट बनाउँदा बनाउँदै अर्थसचिव मेट्रेस ओछ्याएर मन्त्रालयमै सुते

  1. मदन बहादुर अधिकारी says:

    तेहि काम गर्न जागिर खायसि काम गरे भनेर रवाफ देखाउनु पर्दैन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*