लाखौं नक्कली नेपाली नोटसहित ४ जना बाराबाट पक्राउ

१६ जेष्ठ २०८१, बुधबार १९:०६

काठमाडौँ । बाराबाट प्रहरीले नक्कली नेपाली नोटसहित ४ जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, १९ वर्षीय मोहन कुमार साह र ४० वर्षीय मोहमद आलम रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बी।आर। ०६ ए।डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*