बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

१६ जेष्ठ २०८१, बुधबार १९:२२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामात्रै परिवर्तन नभएर अब जनताको अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारामा चीन सरकारको सहयोगमा चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरिसकेको बताए । उनले भने, ‘हिजो सम्मानित सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरिइसकिएको छ । संघीय सरकारले रणनीतिक महत्वको कार्यक्रम अगाडि सारेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने भन्दै नेपाली कांग्रेसले लामो समयदेखि गर्दै आएको सदन अवरोध आफ्नै विशेष पहलमा समाधान भएको समेत बताए । उनले संसद्को गतिरोध अन्त्य भएसँग नीति कार्यक्रम र बजेटलाई सहज रुपले अगाडि बढाउने वातावरण बनेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*