पेट्रोलको मूल्य वृद्धि, शनिबार बिहान १ बजेदेखि लागू हुने
१८ माघ २०८१, शुक्रबार २०:३३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमका अनुसार पेट्रोल प्रति लिटर २ रुपैयाँ र मट्टिलेतरडिजल प्रति लिटर ४ रुपैयाँले मूल्य बढेको हो । त्यस्तै आन्तरिक हवाई इन्धन प्रति लिटर ६ रुपैयाँ र अन्तराष्ट्रिय तर्फ ४३ डलर प्रति लिटर मूल्य बढेको छ ।
शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ ।











