६ महिनामा साढे ८ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार
२० माघ २०८१, आईतवार १८:०६

काठमाडौँ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिव साढे ८ खर्ब रुपैयाँ बराबरको अन्तर– बैंक कारोबार भएको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको ७ खर्ब ४५ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरुको ९२ अर्ब ७ करोड गरी कुल ८ अर्ब ३७ अर्ब ९८ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोडको अन्तर बैंक कारोबार भएको थियो ।











