जोशी हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

२२ माघ २०८१, मंगलवार १५:१९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ ।

यसदिन जोशि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४१ रुपैयाँले बढेर ४५१ रुपैयाँ पुगेको हो ।

यता, सामुदायिक लघुवित्तको ८.३० प्रतिशत, मध्यभोटेकोशी जलविद्युतको ८.२५ प्रतिशत, न्यादी हाइड्रोपावरको ८.१९ प्रतिशत र उपकार लघुवित्तको ८.१२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*