श्वेत गंगा हाइड्रोपावर नाफामा, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।
गत वर्ष यस अवधिसम्म २ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सो अवधिसम्म भने खुद नाफामा रहेको हो। यस वर्ष कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड २६ लाख रुपैयाँ बढी आम्दानी गरेकाले खुद नाफा भएको हो। गत वर्षको यस अवधिसम्म विद्युत बिक्री आम्दानी ४६ करोड २४ लाख रुपैयाँ मात्रै थियो।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ छ। रिटेन्ड अर्निङ भने ३४ करोड २१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। अन्य जगेडा कोषमा भने २१ लाख ७७ हजार रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४४ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ६६ पैसा रहेको छ।











