हाम्रो समग्र प्रशासन चुहावट रहित छैनः सचिव घिमिरे

काठमाडौँ । राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार विभागका साथै हाम्रो समग्र प्रशासन चुहावट रहित नभएको भन्दै यसको सुधारको लागि आवश्यक कार्य गर्ने बताए ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयको छलफलमा उनले राजश्व चुहावट नियन्त्रणको लागि काम गर्ने बताएका हुुन् ।
उनले भने, ‘भन्सार विभागका साथै हाम्रो समग्र प्रशासन चुहावट रहित छैन् । यसमा हामीले अझै ध्यान दिनुपर्ने विषय यहाँ उठेको छ, यसलाई आगामि दिनमा सुधार गर्नको लागि दिएको सुझाव र निर्देशन हाम्रो लागि खुसीको कुरा पनि हो ।’
उनले वितगको तुलनामा अहिलेको स्थितिमा केही हदसम्म सुधारात्मक कदमहरु लिएर अगाडि बढेको बताए । चालु आर्थिक वर्षमा राखेको १४ खर्ब १९ अर्बको राजस्व संकलन गर्ने लक्ष्य मान्ने हो भने अहिलेको परिस्थितिमा आउँदा ८४ –८५ प्रतिशत राजस्व संकलन भएको अवस्था रहेको उनको भनाई छ ।
उनले भने, ‘वितगको २०, २५ वर्षको स्थिति र अहिलेको स्थिति केही हदसम्म हामी सुधारात्मक कदमहरु लिएर अगाडि बढेको छौं । अझैपनि सुधार गर्नुपर्ने परिस्थिति छ । सबै खराब चाँही छैन् । किनकी यही लक्ष्यलाई हामी मान्ने हो भने चालु आर्थिक वर्ष मा राखेको १४ खर्ब १९ अर्बको राजस्व संकलन गर्ने लक्ष्य मान्ने हो भने अहिलेको परिस्थितिमा आउँदा ८४–८५ प्रतिशत राजस्व संकलन भएको अवस्था छ । लक्ष्य नै नमान्ने हो भने अर्कौ परिस्थिति बन्छ । एउटा चुनौतीपूर्ण अवस्था चाँही छ ।’











