काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर पड्किँदा १४ जना घाइते

२४ माघ २०८१, बिहीबार १०:०१

काठमाडौं । काठमाडौंको कमलपोखरीमा आज बिहीबार बिहान करिब ९ बजेको समयमा ग्याँस सिलिण्डर पड्किँदा १४ जना घाइते भएका छन्।

घाइतेमध्ये ११ जनालाई उपचारका लागि अस्पताल लगिएको र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कमलपोखरीस्थित सानदार मःम पसलमा रहेको ग्याँस सिलिण्ड पड्किँदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ। घाइते हुनेमा उक्त पसलकै कामदारहरू रहेको प्रहरीले जनाएको छ।

सिलिण्डर पड्किएपछि घरको सिलिङ भत्किएर खसेको र सो स्थानमा प्रहरी टोली खटिएर खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*