दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना, २ जनाको निधन

२७ माघ २०८१, आईतवार १८:५३

काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा आइतबार विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको निधन भएको हो ।

४१ जना घाइते भएका छन्। बस करिब १०० मिटर तल खस्दा यो दुर्घटना भएको हो। दुर्घटनामा स्कुल बसका चालक ३५ वर्षीय रामकृष्ण थापा मगर र आठ वर्षीय विपिन श्रेष्ठको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। थापा मगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचार हुँदै निधन भएको हो।

प्रहरीका अनुसार घाइते ४१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। वयोदा अस्पतालमा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र नर्भिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

बा १ क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस दिउँसो साढे ३ बजे दुर्घटना भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*