चाबहिलको सत्यसाई एसएस विद्यालयको बिद्यार्थी चढेको बस, साँखुमा दुर्घटनाग्रस्त, तीन जना विद्यार्थीको निधन

३० माघ २०८१, बुधबार १८:५५

Update:

भर्खरै प्राप्त विवरण अनुसार साँखुमा भएको विद्यालय बस दुर्घटनामा तीन जना विद्यार्थीको निधन भएको छ । घटनामा ४० जना घाइते छन् । घाइते मध्ये ३ जनाको साखुमा उपचार भइरहेको छ भने बाँकीको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

 

………………………..

काठमाडौं । चाबहिलस्थित सत्यसाई एसएस स्कुलका बिद्यार्थीहरु चढेको बस काठमाडौं जिल्लाको पूर्वी क्षेत्र शंखरापुरमा दुर्घटनाग्रस्त हुन पुगेको छ । घटनामा थुप्र्रै विद्यार्थी घाइते भएको जनाइए पनि स्पष्ट विवरण आइसकेको छैन । पिकनिक मनाएर फर्कदै गर्दा साँखुको कात्तिके भन्ने स्थानमा बस दुर्घटनामा परेको हो ।

बा२ख ७९५८ नम्बरको विद्यालयकै बस सडकबाट तल खसेर दुर्घट्नाग्रस्त बनेको हो । बसमा सवार विद्यार्थीहरु थुप्रै घाइते भएको बुझिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको स्थानीयबासी महेश पौडेलले जनाएका छन् ।

पिकनिक मनाएर फर्कदै गर्दा उक्त बस दुर्घटनामा परेको हो । दुई दिन पहिले दक्षिणकालीमा बस दुर्घटना हुँदा एक जना विद्यार्थी र चालकको निधन भएको थियो ।
बीमा पोलिसी अद्यावधिक रहेको भए उक्त घटनामा बीमा दावी पर्ने देखिएको छ ।

-तस्विरः महेश पौडेलको फेसबुकबाट

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*