यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४४.०६ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२.८५ रुपैयाँ र बिक्रीदर १७३.६० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२.३६ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७.१६ रुपैयाँ र बिक्रीदर ८७.५३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.०५ रुपैयाँ र बिक्रीदर ९७.४७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.५५ रुपैयाँ र बिक्रीदर १०३.०० रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९.०४ रुपैयाँ र बिक्रीदर ९.०८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४.०६ रुपैयाँ र बिक्रीदर ४.०८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०२ रुपैयाँ र बिक्रीदर ३१.१६ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७६ रुपैयाँ र बिक्रीदर १२.८२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३२ रुपैयाँ र बिक्रीदर १९.४० रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७.८१ रुपैयाँ र बिक्रीदर १७.८९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४९.३० रुपैयाँ र बिक्रीदर ४५१.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.०६ रुपैयाँ र बिक्रीदर ३६९.६५ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६०.३५ रुपैयाँ र बिक्रीदर ३६१.९१ रुपैयाँ तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।