दशगजामा भारतको दादागिरीः लगायो काँडेतार, नेपाली सुरक्षा अधिकारी अनविज्ञ

१ फाल्गुन २०८१, बिहीबार १४:४४

काठमाडौं । बाँकेको जमुनाह नाकाबाट पूर्वतर्फ पर्ने दशगजामा भारतले नेपाली पक्षसँग कुनै समन्वय नगरी काँडेतार लगाएको छ। स्थानीय क्षेत्रमा देखिएको यो गतिविधिले नेपाल-भारत सीमामा तनाव उत्पन्न गराएको छ। भारतले सिमेन्टका पोल राखेर काँडेतार लगाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले काँडेतार भारतीय भूभागमा लगाइएको र दशगजा क्षेत्रमा नरहेको बताए। उनले भारतले आफ्नै क्षेत्रमा तार लगाएको हुनाले यसमा कुनै विवाद नरहेको स्पष्ट पारे। तर, समन्वयको अभावमा नेपाली सुरक्षा अधिकारीहरू कुन क्षेत्रसम्म काँडेतार लगाइएको हो भन्ने प्रस्ट विवरणबिना अलमल्लमा परेका छन्।

जमुनाह नाका आसपासका स्थानीयवासीले काँडेतारले जनावरको आवागमनमा रोक लगाउने भन्दै असन्तोष व्यक्त गरेका छन्। नेपालतर्फका गाईगोरु तथा अन्य जनावरहरूलाई भारतीय भूमिमा प्रवेश गर्न नदिन यो कदम चालिएको अनुमान गरिएको छ। काँडेतारको कारणले खेतीबारीको समय बाहेक जनावरहरूको चरिचरणमा समस्या उत्पन्न भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*