कति छ आज विदेशी मुद्राको विनिमयदर?

२ फाल्गुन २०८१, शुक्रबार ०७:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ, अघिल्लो दिन पनि डलरको यही मूल्य तोकिएको थियो।

युरोपियन युरो एकको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.१९ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३.२७ रुपैयाँ र बिक्रीदर १७४.०२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२.९७ रुपैयाँ र बिक्रीदर १५३.६४ रुपैयाँ कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.०८ रुपैयाँ र बिक्रीदर ९७.५० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८४ रुपैयाँ र बिक्रीदर १०३.२८ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९.०२ रुपैयाँ र बिक्रीदर ९.०६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.१० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८० रुपैयाँ र बिक्रीदर १२.८६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३८ रुपैयाँ र बिक्रीदर १९.४६ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७.८१ रुपैयाँ र बिक्रीदर १७.८९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४९.३२ रुपैयाँ र बिक्रीदर ४५१.२६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.१० रुपैयाँ र बिक्रीदर ३६९.६९ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६०.३५ रुपैयाँ र बिक्रीदर ३६१.९१ रुपैयाँ तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*