बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
६ फाल्गुन २०८१, मंगलवार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।