सशस्त्र प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो, के के चाहिन्छ योग्यता ?

१६ फाल्गुन २०८१, शुक्रबार ०८:१५

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना इन्स्पेक्टरका लागि भर्ना खुलाएको छ। कानून उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना गरी जम्मा २८ जनाका लागि आवेदन खुलाएको हो।

कानून उपसमूहका कानूनमा स्नातक उपाधी हासिल गरी अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ भने लेखाको लागि लेखा विषयसहित व्यवस्थापन वा वाणिज्य विषयमा स्नातक तह वा सो सरण उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेरको हकमा २१ पूरा गरी २५ ननाघेको, तोकिएको अन्य कुनै कानूनले अयोग्य नभएको र शारीरिक तन्दुरुस्त भएको हुनु पर्नेछ।

योग्य तथा इच्छुक व्यक्तिले फागुन १८ देखि चैत १९ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन दिनेहरूका लागि सम्पर्क मिति चैत २५ गते तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*