यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४५.२४ रुपैयाँ र बिक्रीदर १४५.८६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.८४ रुपैयाँ र बिक्रीदर १७६.६० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.७३ रुपैयाँ र बिक्रीदर १५५.४० रुपैयाँ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६.८२ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.७८ रुपैयाँ र बिक्रीदर ९७.१९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.६० रुपैयाँ र बिक्रीदर १०४.०४ रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१९ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३८ रुपैयाँ र बिक्रीदर ३८.५४ रुपैयाँ रहेको छ।
थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०४ रुपैयाँ र बिक्रीदर ३८.२० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३१ रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ रहेको छ।
स्विडिस क्रोनर एकको खरिददर १२.९८ रुपैयाँ र बिक्रीदर १३.०४ रुपैयाँ, ड्यानेस क्रोनर एकको खरिददर १९.४७ रुपैयाँ र बिक्रीदर १९.५६ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.९६ रुपैयाँ र बिक्रीदर १८.०४ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरिददर ४५२.३५ रुपैयाँ र बिक्रीदर ४५४.३० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.६६ रुपैयाँ र बिक्रीदर ३७२.२५ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.८६ रुपैयाँ र बिक्रीदर ३६४.४२ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर परिमार्जन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने जनाएको छ।











