‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सम्बन्धि मस्यौदा निर्माणमा सुझाव संकलन गरिदै, आज साझ ७ बजे अन्तरक्रिया

काठमाडौं । सेन्टर साईबर सेक्युरीटी रिसर्च एण्ड इन्नोभेसनले ई–गभर्नेस सम्बन्धि मस्यौदा तयार गर्न सुझाव संकलनको लागि सम्बन्धि अन्तरक्रिया सञ्चालन गर्ने भएको छ ।
संस्थाले सम्बन्धित निकायका विज्ञहरुसँग छलफल गरेर ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सम्बन्धि मस्यौदा तयार गर्न आवश्यक सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
आज अर्थात आइतबार साझ ७ बजे अनलाइन माध्यमबाट अन्तक्रिया कार्यक्रम सञ्चालन हुने छ । विभिन्न क्षेत्रका विज्ञहरुबाट संकलित सुझावलाई ई गभर्नेन्स ब्लुप्रिन्ट मस्यौदा तयार गर्न प्रयोग गरिने संस्थाले जनाएको छ ।
उक्त अन्तक्रिया कार्यक्रममा सहभागि हुन इच्छुक मानिसले उल्लेखित https://meet.google.com/hqc-prpa-axo वेबसाइटको माध्यमबाट जोडिन सकिने संस्थाले जनाएको छ ।
BluePrint Nepali V13_Feb19_final (1)











